रवि पक्राउपछि नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयोः महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने बताएका छन् ।

नेकपा एमाले दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा पोखरेलले रास्वपा पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको बताए ।

उनले सरकारमा सहभागी दुई प्रमुख पार्टी काङ्ग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताए । उनले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको भन्दै दुई दललाई असफल हुने छुट नरहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उनले बताए । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।

उनले भने, ‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन्। तर, यो सरकारले दशै तिहार नै कट्दैन भनेर हल्ला फैलाइयो। त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ। त्यसपछि सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानको प्रश्नः कांग्रेस-एमाले सरकार बनेपछि कुनै ‘स्क्याम’ सुन्नुभएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्

सरकार भ्रष्टाचारको संरक्षक बनेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका

भीम रावलभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ, गालीगलौजले देश बन्दैनः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छः अध्यक्ष यादव

खजुरा (बाँके) । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग