भूकम्पले चेतावनी दिइरहेको छ, सरकारको तयारी नि ?



सुमना श्रेष्ठ ।

पश्चिम नेपालमा १३ दिनमा सात वटा भूकम्प गएको छ । पश्चिम नेपालमा ठूलो भूकम्प नगएको ५०० वर्षभन्दा बढी भयो, यसैले पश्चिम नेपाल केन्द्रविन्दु बनाएर निकै विध्वंशकारी भूकम्प जान सक्ने आंकलन विज्ञहरूको छ । धेरै ठूलो पनि हैन, पोहोर सालको जाजरकोटको भूकम्प जत्तिको भूकम्प फेरी जाने हो भने पनि हाम्रो तयारी कस्तो छ ? भूकम्प आएको खण्डमा आवश्यक राहत सामग्रीको अवस्था के छ ? कति जना जनशक्ति राहतमा खटाउन सकिन्छ ? भूकम्प गएमा कसरी सुरक्षित बस्ने, कुन ठाउँमा जम्मा हुने– भन्ने जनमानसमा कति अभ्यासहरू दिएका छौँ ? यता केन्द्रको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र र जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा तालमेल कतिको मिलेको छ ?

यति चोटी भूकम्प गइसक्यो । हामीले कहिले सिक्ने ? यसबारे बजेटमा समेत भनेकी थिएँ । सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ तर कार्यान्वयनमा सोच्नु र गर्नुपर्ने धेरै नै आधारभूत कुरा नै छन् । आफ्नो आवाज उठाउनुहोस् । विपद् जोखिम न्यूनीकरण र तयारीका लागि ठोस कदम र योजनाको माग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, किन चाहियो यतिधेरै सांसद ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

धनुषा, । नेपाल कम्युनिष्ट पार्टी एमाले धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव

अध्यागमन नै मानव तस्करीमा संलग्न ! कुन देशले गर्ला हामीलाई विश्वास ?

-नारायण गाउँले । कुनै देश यति निर्दयी पनि बन्न सक्छ र ? नेपाली

ट्रम्प प्रशासनले लगायो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक