भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई कारबाही गरेको एमालेले पार्टीमा भित्रायो ‘मिसेज हेरिटेज इन्टरनेसनल’



काठमाडौं । ‘मिसेज हेरिटेज इन्टरनेसनल’की विजेता बिभा बस्नेत नेकपा एमालेमा प्रवेश गरेकी छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बस्नेतलाई पार्टी प्रवेश गराएका हुन् ।

गत असोजमा आयोजित ‘मिस एन्ड मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’मा मिसेसतर्फको उपाधि बस्नेतले जितेकी थिइन् । बस्नेतले थाइल्यान्डमा भएको ‘मिसेज हेरिटेज इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए । केही दिनअघि एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएकोमा विरोध गर्ने नेता डा. रावललाई पार्टीबाट निस्कासन गरेको थियो भने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो

-केपी शर्मा ओली कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण

क्रिकेट संघले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण(सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै