बेथिति र अस्थिरता हटाउनु यो सरकारको उद्देश्यः प्रधानमन्त्री ओली



वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पार्न कांग्रेस एमालेको सरकार बनेको बताएका छन् ।

आइतबार पर्साको प्रसौनीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रहेका बेथिति र अस्थिरतालाई हटाउनु यो सरकारको उद्देश्य रहेको बताएका हुन् । उनले एमाले–कांग्रेसको संयुक्त सरकारले नै मधेस र देशको विकासको गति अघि बढाउने बताए ।

उनले आगामी २०८४ को निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्ने र त्यसका लागि नेता कार्यकर्तालाई आजदेखि लाग्न निर्देशन दिए । उनले मधेशका नेताहरूले संविधानको धाराधारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाए । उनले भने, ‘यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ । संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’

प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै अब म्याजिक नम्बरको धक्कु लगाउनेहरुको राजनीति पनि सकिएको बताए । उनले भने, ‘म्याजिक नम्बरको धक्कु लगाएर मनपरी राजनीति गरेकाले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण बनेको हो । अब यसरी धक्कु लगाउनेहरुको दिन गए ।’

एमाले सरकारमै रहेका बेला प्रचण्डले आफूहरुसँग म्याजिक नम्बर रहेको र पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्था आउने बताएका थिए । प्रचण्डले यस्तो अभिव्यक्ति दिएको केही दिनमै प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेस एमालेको सरकार गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख

यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री

स्याङ्जा । यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री भएको छ

खासमा हामी भ्रष्टाचारको संस्कारमा चुर्लुम्म डुबिसक्यौँ

सुवोधराज प्याकुरेल । यत्र लुच्चा तत्र लुटाहा, यत्रतत्र लुच्चा लुटाहा । गर्छन् के

यसरी मनाइयो १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस(तस्बिरमा)

काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस