जुन स्पिरिटमा यो सरकार हिँड्नुपथ्र्यो, सकेनः शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको जिम्मा केन्द्रका नेताले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संघले निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरुले आफ्नो गतिमा काम गर्न सकेका छैनन् । ती ऐन संघ सरकारले नदिनुको पछाडिको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्म बुझेका छैनन् ।’

कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेकोसमेत बताए । उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम सन्तोषजनक छैन तर यो सरकारलाई असफल हुने छुट पनि छैन ।’

यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने कोइरालाको भनाई छ । फरक प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो मनमा कुनै किसिमको राग द्वेश नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले पृथ्वी जयन्तीमा महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७

थाइल्याण्डकी प्रधानमन्त्रीसँग ४० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको