जुन स्पिरिटमा यो सरकार हिँड्नुपथ्र्यो, सकेनः शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको जिम्मा केन्द्रका नेताले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संघले निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरुले आफ्नो गतिमा काम गर्न सकेका छैनन् । ती ऐन संघ सरकारले नदिनुको पछाडिको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्म बुझेका छैनन् ।’

कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेकोसमेत बताए । उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम सन्तोषजनक छैन तर यो सरकारलाई असफल हुने छुट पनि छैन ।’

यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने कोइरालाको भनाई छ । फरक प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो मनमा कुनै किसिमको राग द्वेश नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक