जुन स्पिरिटमा यो सरकार हिँड्नुपथ्र्यो, सकेनः शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको जिम्मा केन्द्रका नेताले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संघले निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरुले आफ्नो गतिमा काम गर्न सकेका छैनन् । ती ऐन संघ सरकारले नदिनुको पछाडिको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्म बुझेका छैनन् ।’

कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेकोसमेत बताए । उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम सन्तोषजनक छैन तर यो सरकारलाई असफल हुने छुट पनि छैन ।’

यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने कोइरालाको भनाई छ । फरक प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो मनमा कुनै किसिमको राग द्वेश नरहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि अंग्रेजी नयाँवर्ष सन् २०२५ सुरु

  काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत्  २०२५ सुरु भएको

प्रहरी निरीक्षकमाथि बस बजारिँदा…

सर्लाही ।  सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको

यसरी गरियो अष्ट्रेलियामा नयाँवर्षको स्वागत(फोटोफिचर)

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्ष सन् २०२५ को भव्य स्वागत गरिएको छ

तस्बिरमा हेर्नुस्, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र