‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालप्रति इंगित गर्दै एमालेप्रति आँखा नलगाउन चेतावनी दिएका छन् ।

आइतबार सामाजिक संजालमार्फत रिमालले पार्टी विभाजनका बेला भुसाललाई कटाक्ष गर्दै आफ्नो पार्टी बनाएर देखाउन चुनौती दिएका हुन् । शनिबार आयोजित कार्यक्रममा भुसालले एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेका बताएका थिए ।

यस्तो छ विष्णु रिमालको भनाई

उनी पो निसासिए रे !
उननचालीस सालदेखि यता
हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौं,
पार्टी भित्र सँधै उनी—
विवादका लागि मौकाको खोजीमा रहे,
अनवरत ‘किच–किच’ गरेर बसीरहे ।
प्रत्येक चुनौती चिर्दै
पार्टीले उचाइ छोएको बेला,
सुरु भएको विवादमा,
हामी एकताको पक्षमा उभियौं,
उनले बिभाजनको बाटो रोजे ।
बाटो मात्र रोजेनन्,
त्यस समूहलाई पनि बीचमै छोडे– अन्तै दौडिए।
‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।
एक समय फेरि आयो,
पार्टीमा बहस–विवाद सुरु भयो ।
’जोरीपारी’हरु–
‘एमाले विनाको राजनीति’को खेतीमा लागे,
उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।
विभाजनको लागि कसैलाई उचाले–
एकता भन्दै आफू अर्कातिर अल्झिए ।
मौसम छ्याङ्ग भएपछि,
फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—
छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।
सानै सही—
असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा
लुसुक्क छिरे–
‘वन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैं
उल्टै हाकिम पल्टिए ।
अहिले फेरि उनलाई लागेछ क्यारे–
कतै ‘टाँड’ पो पर्छ कि ?!
कतै औंला घुसार्न पो मिल्छ कि?!
अनि भन्न थाले छन् फेरि–
‘ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ।’
अरे यार!
ह्याउ भए बनाएर देखाउ न आफ्नो घर !
आफ्नो घरको मझेरीमा, आँगनमा,
गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हॉडा–भाँडा’हरू
बज्न नदेउ न !
ढोका खोलुन् कि–– छेस्किनी लाउन्,
अरुले उनीहरुका घरमा,
जे गरुन्–बाल मतलव !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय छानबिन समितिप्रति रास्वपा र राप्रपाले अस्वीकार गरिरहँदा माओवादीले किन गर्यो स्वागत ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको

धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र, यात्रुलाई सास्ती उस्तै

  काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा

कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने सरकारको तयारी

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सुरक्षा र सुविधाको लागि

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । ललितपुर च्यासलस्थित