मनमोहन सिंह आर्थिक सुधारक र विश्वका एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव



डा. बाबुराम भट्टराई ।
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको दुःखद निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ । निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु । नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०–२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा उहाँसँगको गम्भीर वार्तापछि भएका BIPPA सम्झौता, EPG वारे सहमति, दोहोरो कर मुक्तिको सम्झौता DTAA ( जुन प्रविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको) आदि नेपाल–भारत सम्बन्धका महत्वपूर्ण कोसेढुंगाको रूपमा रहिरहनेछन् । उहाँहाँसँग जहिले भेट्दा पनि शान्त र गम्भीर मुद्रामा विश्व र नेपाल–भारत द्विपक्षीय आर्थिक विकास र साझेदारीका विषयमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन सक्दिनँ ।

विशेषतः १७ औं सार्क सम्मेलनमा सन् २०११ नोभेम्वर १०–११मा माल्दीभ्समा भेट हुँदा दक्षिण एशियाली देशहरूवीच बहुपक्षीय कनेक्टिभिटी बढाउने र अन्ततः खुला बजारक्षेत्र बनाउनेबारे उहाँ र पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीसँग भएको कुरा सम्झना हुन्छ । मैले ठट्टैठट्टामा दुवैजनाको अगाडि भारत र पाकिस्तानको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै सार्कको भविष्य तय गर्ने हुनाले तपाईंहरूले राम्रो बनाउन मेहनत गर्नोस् सार्कका बाँकी हामी सबैले सघाउँछौं भनेको तर सार्क अहिले मृतप्रायः भएको देख्दा पीडाबोध हुन्छ।

डा. मनमोहन सिंह र बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनासँग सन् २०१२ अगस्त ३०–३१ मा इरानको राजधानी तेहरानमा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा भेट हुँदा नेपालको जलविद्युत भारत हुँदै बंगलादेश निर्यात गर्नेवारे गम्भीर कुराकानी भएको र उहाँहरू दुवै सकारात्मक रहेको विशेष सम्झना हुन्छ।

पछिल्लो पटक केही बर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौं। अन्तरंग कुराकानी भयो । कुरैकुरामा थाहा लाग्यो मेरा JNU का गुरूहरू Prof. G S Bhalla, Prof. G K Chaddha उहाँका निकट मित्रहरू हुनुहुँदो रहेछ र उहाँहरूबाटै उहाँले मबारे सबै जानकारी पहिल्यै पाइसक्नुभएको रहेछ। निजी सम्बन्धले पनि द्विदेशीय सम्बन्धमा कस्तो असर पार्दो रहेछ भन्ने नजिकबाट अनुभूति भयो । असल र महान व्यक्तित्व डा. मनमोहन सिंहप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौँ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ । उच्चस्तरीय आर्थिक सुधार