पार्टीविरुद्ध अभियान चलाउनेले म पार्टीको सदस्य हुँ भन्न मिल्दैन, रावलजीले त्यस्तै गर्नुभयोः महासचिव पोखरेल



भरतपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका पूर्वअध्यक्ष डा. भीम रावललाई पार्टी निकालेको नभई आफैंले पार्टी छाडेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले रावललाई पार्टीले हटाएको नभई उनी आफैं हटेको बताएका हुन् ।

उनले पार्टीविरुद्ध अभियान चलाउनेले पार्टीमा बस्न नमिल्ने बताए । उनले भने,‘उहाँले पार्टीविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । पार्टीविरुद्ध अभियान चलाउनेले म पार्टीको सदस्य हुँ भन्न मिल्दैन । त्यसैले उहाँलाई पार्टीले होइन आफैं निस्किएको हो।’

महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए । पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए ।

उनले कानुनी जटिलताको कारण विकास निर्माणले गति लिन नसकेको बताए । उनले भने, ‘कानुन भनेको काम गर्नको लागि सहजीकरण गर्ने विषय बन्नु पर्दछ, अवरोध गर्ने होइन । सामान्य तरिकाबाट आजको निराशालाई चिर्न र देशको अर्थतन्त्र विकास सकिँदैन ।’

राज्यको आर्थिक हिसाबले सामथ्र्य अतिकमजोर भएको अवस्थामा वर्तमान सरकार बनेकोले त्यसको सुधारको काम सरकारले गरिरहेको पोखरेलले बताए । नेपालमा अहिले निश्चित व्यक्तिहरूले निराशाको खेती गरिरहेका पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने