भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन



काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा सिंहको बिहीबार साँझ निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनलाई बिहीबार साँझै अस्पताल भर्ना गरिएको थियो । उनलाई राति ९ बजेर ५१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए।

उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरेका थिए । सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल प्रधानमन्त्री पदमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह

  वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा

दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी, झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज

जापानमा वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ