अनेरास्ववियुले भन्यो-लिपुलेकका विषयमा भारत र चीनबीच सहमति हुँदा नेपाल सरकार बेखबर रहनु गम्भीर



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारत र चीनबीच दार्चुलाको लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति जनाएको छ ।

बिहीबार अनेरास्ववियुकी अध्यक्ष आरती लामाले विज्ञप्ति जारी गरी नेपाली भूमिको विषयमा दुई देशबीच भएको सहमतिप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भूभागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको हाम्रो संगठनको निष्कर्ष छ । अनेरास्ववियूले छिमेकी मुलुकहरूले मच्चाएको सीमा आतङ्क र हेपाहा प्रवृत्तिविरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ।’

गतसाता बेजिङमा चीन र भारतका उच्चस्तरीय नेताहरु सम्मिलित द्विपक्षीय सीमा बैठकमा भारतीय तीर्थयात्री र पर्यटकका लागि मानरोबर र कैलायको यात्रा सुचारु गर्ने सहमति भएको थियो ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको सीमा वार्तामा नेपाली भूमि लिपलेक हुँदै मानसरोवर यात्रा सुरु गर्ने निर्णय गरिएको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने