काजाकस्तानमा दुर्घटनाग्रस्त अजरबैजानको जहाजमा रहेका ६७ मध्ये २५ यात्रु बच्न सफल
बीबीसी । काजाकस्तानमा दुर्घटनाग्रस्त अजरबैजानको यात्रुवाहक जहाजका २५ यात्रु बच्न सफल भएका छन् । जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो ।
जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू थिए । काजाकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ । प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रु बच्न सफल भएका छन्। त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अजरबैजान एयरलाइन्सको उक्त जहाज खसेपछि आगो लागेको थियो । पछि जहाजमा लागेको आगो निभाइएको छ । अजरबैजान एयरलाइन्सको जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो । कुहिरोका कारण उक्त जहाजलाई काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।