एसइईमा यसरी नै आउने हो ७० प्रतिशत नतिजा प्रधानमन्त्रीज्यू ?



सुमना श्रेष्ठ ।

प्रधानमन्त्री ज्यू,
यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन लगाएर तपाईँकै पार्टीको भातृसंगठनले आफ्नो जिल्ला अधिवेशनमा ल्याएछ । यसपाली इसइईमा ७०% नतिजा ल्याउँछु भन्नुभाथ्यो, अब यी बच्चाहरूको कपि चेक गर्दा ‘अखिल जिन्दावाद’ लेख्ने जतिलाई मात्र पास गराउने हो की कसो हो ? ‘ओली बा आइ लभ यु’ भनेर लेख्न लाउने हो की उत्तर पुस्तिकामा ? यसरी नै आउने हो ७०% नतिजा ?

समृद्धि आउँछ भन्नुहुन्थ्यो–बच्चाहरू पढाउन छोडेर ‘आयो आयो अखिल आयो’ भनेरै समृद्धि आउने हो ? सुखी नेपाली बनाउँछु भन्नुहुन्थ्यो–’अनेरास्ववियु जिन्दावाद’ भन्नेलाई मात्र नेपाली ठान्नुभएको हो की ? अनि लोकतन्त्रको ‘पर्याय’ हामी हौँ भन्ने र शिक्षामा राजनीति हुन दिन्नौ भनेर घोषणापत्रमा लेख्ने सत्तारुढ काँग्रेसका विशिष्ट नेताज्यूहरू, ‘विद्यार्थी सङ्गठनले विद्यालयमा पढिरहेका विद्यार्थीलाई घिसारेर फलानो जिन्दावाद भनेर’ शिक्षामा राजनीति हट्छ की, प्रधानमन्त्रीज्यूकै पार्टीको प्राध्यापक सङ्घको अध्यक्षलाई विश्वविद्यालयको भिसी बनाएर ? अर्को पल्ट नेविसंघले पनि यस्तै गर्न मिल्छ भनेर सौदाबाजी गर्न खोजेको हो कि ?

अनि शिक्षा मन्त्रीज्यू,
प्रचलित कानुनले त यस्तो गर्न दिदैँन हैन र विद्यालयमा ? कति भयो भने चाहिँ तपाईंलाई अति हुने हो ??
हेर्नुस् भिडियो

 

Video Player

00:00
00:43
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौंः अर्थमन्त्री पौडेल

काठमाडौं ।उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

सरकार बदल्ने कुनै खेलमा छैनौं, यो टिक्दा हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ,

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन