दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर सत्तामा बस्नु भनेको वर्ग आत्मसमर्पणवाद बाहेक केही होइनः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने बताएका छन् ।

पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ प्रस्तुत गर्दै खनालले समाजवादी मोर्चा एउटा अपरिपक्व अभ्यास बाहेक केही नभएको बताएका हुन् ।

कार्ययोजनामा भनिएको छ, ‘यी विभाजित वाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि ‘समाजवादी मोर्चा’ बनाउने प्रयत्न पनि देखापर्यो । त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन ।’

उनले विभिन्न समूहमा विभक्त वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा बाम एकता निर्माण गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको समेत बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनले एकीकरण र विभाजनका दुवै शृङ्खलाहरू भोग्दै आएको उल्लेख गर्दै उनले संविधान निर्माणपछि एकीकृत हुन खोजेको तर, नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘संविधान बनाइसकेपछि र पहिलो निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेपछि भने वामपन्थी आन्दोलन हेर्दाहेर्दै एकपछि अर्को विभाजनतिर उन्मुख भयो । देशी–विदेशी प्रतिक्रियावादीहरू जे चाहन्थे आन्दोलनका केही नेताहरूले त्यही चाहनालाई पूरा गरिदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो