स्वकीय सचिव राजेश भनेर ओलीसँग पड्किएका वामदेवले अन्तिममा भने -तिम्रा ठूला बालाई भन्देऊ राजीनामा गर्नु



काठमाडौं । वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेर वामदेवले राजीनामा दिन आग्रह गरेको जानकारी दिए ।

प्रधानमन्त्रीकाअनुसार संवादका क्रममा वामदेवले मदन भण्डारी कांग्रेसले मारेर र त्यो कुरा आफूलाई त्यतिबेलै थाहा भएको बताएका थिए । वामदेवले आफूलाई आफ्ना स्वकीय सचिव राजेश बज्राचार्य सम्झिएर त्यो कुरा बताएका थिए । तर वामदेवले प्रधानमन्त्रीसँग कुरा गरिरहेका थिए ।

प्रधानमन्त्रीले वामदेवका कुरा सुनाउँदै भने,‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेवजीले फोन गर्नुभयो । मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिला नै थाहा थियो । तर म चुप लागेँ । अब म बुढो पनि भइसकें जेसुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु । मेरै स्वरमा छ । अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठूलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर । तर वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो । कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठूला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ राखिदिए।’

प्रधानमन्त्री ओलीले गौतमलाई समेत भ्रम पर्नेगरी आवाज बनाएर युट्यबमा राखिएको बताए । उनले भने, ‘एआइको जमाना छ बनाए होला कसैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवन अन्त्य गर्न लागेको

मोरङको सुन्दरहरैँचा जंगली हात्ती आतंक, आक्रमणबाट एकजनाको मृत्यु

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

झापाको जामुनबारी चोकमा कोशीको पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट