अत्यधिक जनमतद्वारा निर्वाचित रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्योः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक संजालमार्फत प्रचण्डले अदालतबाट दोषी ठहर नभएका लामिछानेमाथि त्यस प्रकारको व्यहार नगर्न चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’