यस्तो छ चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे ‘प्रेस नोट’
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताएका हुन् ।
उनले १४ बुँदे नोट जारी गरी भ्रमणबारे विस्तृत विवरण सार्वजनिक गरेका छन् ।