हामीले त्यतिबेलै जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौँ, त्यो बिन्दु अब नजिक आएको छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक रहेको बताएका हुन् ।

उनले आफूले त्यतिबेलै अर्को संघर्ष आवश्यक पर्ने बताएको र त्यो समय आएको बताए । उनले भने, ‘हामीले उतिबेला हामीले अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्,  हामीले चाहेजस्तो बनाउन खोज्नेछौँ, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौँ, त्यो बिन्दु अब नजिक आएको छ ।’

उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए ।

नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । गणतन्त्र सेनानी कोषले उनलाई सो सम्मान गरेको हो ।

देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे युद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुगाउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

त्यसैगरी कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर

‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

सिबी अधिकारी, काठमाडौं । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा

प्रधानमन्त्री ओलीद्वारा बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन

बेइजिङ । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री

वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी बिपी राजमार्ग पुनःनिर्माण गर्न सचिवको निर्देशन, बजेट भने अनिश्चित

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै