छेङ्दुमा चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट



काठमाडौं । बिहीबारदेखि चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

शुक्रबार उनीहरुबीच चीनको छेङ्दुमा भेटवार्ता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरेको र प्रधानमन्त्रीको चीनको औपचारिक भ्रमणको तयारीका विषयमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

भेटमा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारीहरु पनि सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि राणा चीन गएकी हुन् ।

परराष्ट्रमन्त्री राणा शनिबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली आगामी सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपति क्षेत्रमा पितृको नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो, तस्बिरमा हेर्नुस्

काठमाडौँ । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लागेको छ

मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र

शिखर धवन आइपुगे नेपाल, कर्णाली याक्सबाट खेल्न

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्

लिलावल्लभ जोडिएको मुद्दामा तीन जना जेल चलान, तीन धरौटी र दुई साधारण तारेखमा रिहा

काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा कोसीका पूर्वमन्त्री लिलावल्ल्भ अधिकारीसँगै पक्राउ परेका