‘मन्त्री पद’ र ‘राज्य शक्ति’ को भेद !



जेपी गुप्ता ।
‘मधेसी राष्ट्रपति भए । उपराष्ट्रपति बने, धेरै जना मन्त्री भए–पटक पटक भए । के गरे मधेसका लागि ? किन केही गर्न सकेनन् ?’ धेरैले प्रायसः यसो भन्ने गर्छन् । प्रश्नकर्ताहरू निर्धाका कुनै जवाफबाट संतुष्ट हुदैनन् ।हेर्नुस् त रवि लामिछानेको हालत ! पंचायतकालमा सप्तरीका कांग्रेसीलाई राजाका अंचलाधीशले जाडोयाममा सोलुको जेल सारी गर्थे र उखरमाउलो गर्मीका बेला सोलुकालाई तल राजविराज जेल ल्याई पुर्याउथे–यस्तै च्याँग्रा लखेट्याईमा पारिएको छ । तर, यसबाट एउटा प्रश्नको सरल उत्तर पनि पाइएको छ । त्यो हो–’सत्ता वा पद’ के हो र ‘राज्य सत्ता’ के हो ?

रविजी मुलुककै उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो। कोशीका लिलाबल्लभ जी प्रदेशका मन्त्री, हाल प्रदेश सांसद मात्र । देखियो त, ‘मन्त्री पद’ र ‘राज्य शक्ति’ को भेद ! न बिर्सनुस् महोदयगण ! बिपी कोइरालाको नेतृत्वमा १०४ वर्षे राणा शासन ढल्यो । रैति रहेका बिपी क्रान्ति पछिका सबभन्दा ठूला नेता हुनुहुन्थ्यो । त्यसक्रान्ति पछि बिपीलाई काठमांडूका त्यसबेलाका सम्भ्रान्त टोलहरूमा डेरा पाइएन, डिल्लीबजारमा बस्नु परेको थियो । काठमांडूमै हजूर ‘पार्टीका नेता’हरू र ‘राज्यसत्ता’ दुबै बस्छ । बस् जान्नु पर्ने सरल सूत्र त ‘पद’ र ‘राज्य’को भेद पो हो त महोदय !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो