जापान मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय



काठमाडौं । जापानमा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाईसमेत प्रतिवादी बनाउन राय दिएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अधिकारीको संलग्नता नदेखिएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले जानकारी दिएका छन् ।

उनले भने, ‘उहाँको संलग्नता देखिँदैन। उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ ।’

प्रहरीले अधिकारीसहितलाई ३ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो। जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ ।

जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए।

उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।

मानव तस्करीको आरोप लागेपछि अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणाको चीनको भ्रमण स्वीकृत

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री डा आरजु राणाको चीनको भ्रमण स्वीकृत गरेको छ ।

सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको

मुलुकलाई संकटबाट बाहिर निकाल्नेमाथि कसरी प्रहार हुन्छ भन्ने कुरा केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा

सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ ?

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबिर खान । ‘काबुल