राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी रास्वपाले आन्दोलन घोषणा गरेको हो ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

झाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए । रास्वपाको दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषयसमेत समेटिएको छ ।

त्यस्तै रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ । पार्टी सभापति लामिछाने पक्राको विरोधमा रास्वपाले दिनहुँ विरोध प्रदर्शन गर्दै आएको छ ।

उसले लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । प्रहरीले भने लामिछानेविरुद्ध सहकारी ठगीकासाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमासमेत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाले सबै ठाउँमा पाएन उम्मेदवार, २६ स्थानमा मात्र उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा रवि र छबिविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्

साइबर प्रविधिमा आधारित ठगीका शङ्कास्पद कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका व्यक्ति र ‘विद्यार्थी’ बढी

काठमाडौँ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक