कांग्रेसले टुंग्यायो आठ जिल्लामा उपनिर्वाचनका उम्मेदवार(सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी र गण्डकी प्रदेशका उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले भीमकुमार लक्सम्वालाई ताप्लेजुङको सिरिजंगा गाउँपालिका, वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यस्तै रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नम्बर ६को वडा अध्यक्ष, वलराम सरदार मोरङ, ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनाएको छ ।
त्यस्तै भाइकाजी आलेलाई गोरखाको गोरखा नगरपालिका, वडा नम्बर ५ को वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।