आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसको अनुशासन समितिमा उजुरी



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् ।

मन्त्री पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान तथा निष्ठामा धावा बोल्नेगरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस्ता अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’

सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गत मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । मन्त्री पाण्डेले आफ्नो चरित्रमा आँच पुगेको भन्दै यसबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न उजुरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौशालामा फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन महानगरले चलायो डोजर(फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुनेछ : उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय

जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको

पहिलो पटक नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात गरिएको छ । यसअघि