राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेका बेला अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । रिटमा रास्वपाका सांसदहरू डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

रिटको मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ । यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । त्यसविरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपीठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो । रिटमा रास्वपाका नेताहरुलले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाका नेताहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्ने’

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले मन्त्रिपरिषद्मा पुगेको सामाजिक सञ्जाल (प्रयोग

कांग्रेसको दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन

काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् ।

नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा