काठमाडौंमा जागरण सभा गर्न एमालेले बनायो राजन भट्टराईको संयोजकत्वमा समिति



काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा गर्न लागेको हो ।

सभा तयारीका लागि बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गतेको जागरण सभालाई व्यवस्थित गर्नको लागि बागमती प्रदेशको इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ ।

समितिको सहसंयोजक कैलाश ढुंगेल र सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल, जनक चौधरी रहेका छन्।

जागरण सभा संयोजन समितिको बुधबार बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो, मंसिरभित्र पुनः काम सुरु नभए ठेक्का तोडिने

  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको

गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई

परराष्ट्रमन्त्री राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन डडेल्धुरा कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले परराष्ट्रमन्त्री डा. आरजु राणा गृहजिल्ला आउँदा फूलमालासहित स्वागतका लागि