नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीले सायद विगतका निर्वाचनमा कतिपय त्रुटी पनि गर्ने गरेका छौं । सबैलाई म आजैदखि ठूलो सभालाई सम्बोधन गरेर भन्दा जनतासँग भेटेर उहाँहरुको कुरा सुन्ने र आफ्ना प्रतिवद्धता बताउने काममा समय खर्च गर्नुहोला । आत्मसमीक्षासहित घरघरमा जानुहोस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।’

उनले आफ्नो सरकारले जनताको पक्षमा, भ्रष्टाचारको विरुद्धमा,सुशासनका पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकरात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मुल्याङ्कन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोशी गाउँपालिकाले विपद प्रभावितको पुनःस्थापनाका लागि विशेष बजेटको व्यवस्था गर्ने

काभ्रे । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन

बाढीपीडितलाई कर्मचारी महासंघद्वारा सात लाख ७७ हजार सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि सात

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको

मुलुकलाई गम्भीर राजनीतिक संकटमा पार्नसक्ने विद्युत महसुल बक्यौता विवाद

सुरेश आचार्य । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको पत्रकार सम्मेलनमा