रास्वपा लक्षित देउवाको टिप्पणीः हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं



सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् ।

धनगढी विमानस्थलमा आइतबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे ।

सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’

देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी आइपुगेका हुन् । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा

स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले समान विचार मिल्ने दलसँग गठबन्धन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

विराटनगर । प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र

कानून कार्यान्वयनको सन्दर्भमा राज्यले किन गर्छ असमान व्यवहार ?

जेपी गुप्ता । यहाँ यो लेखेर म आफ्नो खिसीट्यूरी निम्त्याउदै छु । तर,