सरकारले बिचौलियाको काम गरिरहेको प्रचण्डको आरोप



हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार मकवनपुरको थाहा नगरपालिकामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारको एकसय दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको बताए । उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए ।

भ्रष्टाचार प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे ।

उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको बताए । प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरे ।

विगतमा केपी ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे । उनले भने, ‘एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको अर्को चिज छ एसपीपी । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भीर चिन्ताको विषय छ । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोप–२९ः राष्ट्रपति पौडेलले एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्ने

बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९०मा सहभागी हुने सिलसिलामा यहाँ रहेका

चिसो बढेपछि सुनसान बन्यो सुन्दर ‘बुकीपाटन’

बागलुङ  ।  चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन्। असारदेखि कात्तिक पहिलो

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

कोप-२९ मा राष्ट्रपति पौडेलको सम्बोधनः हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं

धर्मेन्द्र झा, बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा