जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार, इन्द्रा चन्दलाई नलगाडको उपप्रमुखको उम्मेदवार बनाउने



 

सुर्खेत । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई स्थानीय तहका लागि  नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले बिहीबार उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ ।

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अबको २० वर्षपछि…

डा. गोविन्दशरण उपाध्याय । अबको २० वर्षपछि तिहारमा टीको लगाउँदा जेठो, माइलो, काइलो,

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ(तस्बिरसहित)

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

  काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका

प्रारम्भिक निर्वाचनबाट रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रारम्भिक