प्रारम्भिक निर्वाचनबाट रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने भएको छ ।

केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन संयोजन समितिको बुधबार बसेको बैठकले प्रारम्भिक निर्वाचनको तालिका निर्धारण गरेको हो ।

प्रारम्भिक निर्वाचनका लागि कात्तिक २२ देखि २५ गतेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने कात्तिक २८ गते मतदान र निर्णय हुनेछ ।

रास्वपाले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी समेत तोकेको छ । निशा डाँगीलाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ भने मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कांसकारलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदुरपश्चिममा विष्णुकुमार श्रेष्ठले त्यसको जिम्मेवारी पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ(तस्बिरसहित)

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना

  काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका

तस्बिरमा हेर्नुस् तराईमा छठ पूजाको तयारी

धनुषाको जनकपुरधामस्थित गङ्गासागर पोखरीमा लोकआस्थाको महापर्व छठपूजाका लागि राखिएका पूजा सामग्री । तराई

महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो जित, कुवेत १०८ रनले पराजित

काठमाडौं । आईसीसी यु १९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो