प्रधानमन्त्रीको चीन भ्रमण तयारीको नेतृत्व आरजुले गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिइएको छ ।
मंगलबार बसेको कांग्रेस एमालेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई दिइएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’
चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन् ।