यस्ता अभिव्यक्ति दिन न रतनले पाउँछन् नत आरसीले नै



नारायण पौडेल ।
जापानमा रहेका रतन कार्कीले साफ महिला फाइनलका दिन कसैको हत्या गर्नलाई उपयुक्त मौका छ भन्ने अपीलसहितको भिडियो पोष्ट गरे । उनले भिडियोमा प्रधानमन्त्री ओलीको नाम लिएका छैनन् तर उनको अभिव्यक्ति प्रधानमन्त्री ओलीतर्फ लक्षित हो भनि अनुमान गर्न सकिन्छ । जोसुकैको किन नहोस्, हत्यालाई प्रोत्साहन गर्ने कुरा गलत छ । तर, यस्ता गलत क्रियाकलापलाई मलजल स्वयं ओलीहरुले गरेका हुन् । नजिर त्यसै भन्छ ।

एमालेका युवा नेता आरसी लामिछानेले तत्कालीन प्रधानमन्त्री प्रचण्डको टाउको काटेर फुटबल खेल्ने भनेर सार्वजनिक भाषण गरे । एमालेका कार्यकर्ताले ताली ठोके । तत्कालीन सरकारले आरसीलाई कार्वाही गर्ने हल्ला चल्यो । ओलीले आरसीलाई धाप मारे । एमालेले आरसीसँग स्पष्टीकरण सोध्यो ? वक्तब्य फिर्ता लिन भन्यो ? वा अराजक अभिव्यक्ति दिएकोमा कारवाही गर्यो ? गरेन । आरसीले प्रचण्डको टाउको काट्ने र फुटबल खेल्ने सपाटरुपमै भनेका थिए । रतनले सांकेतिकरुपमा मात्र भनेका छन् ।

यसर्थ आरसीहरुलाई राजनीतिक संरक्षण दिएर रतनहरुलाई कारवाही गर्न प्रधानमन्त्री ओलीसँग नैतिक तागत बाँकी छैन । राजनीतिकरुपमा प्रचण्ड, देउवा, ओली वा जोसुकै सँग बिमति राख्न पाइन्छ । तर निजहरुको हत्या गर्ने अभिव्यक्ति दिन मिल्दैन । नत रतनले पाउँछन् नत आरसीले । जीवन इच्छाशक्ति अथाह रहेका र मृत्युलाई पटक पटक जितेका प्रधानमन्त्री ओलीलाई सताब्दी आयुका लागि शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो