पञ्चेश्वर परियोजनाको ‘डिपिआर’लाई छिटो अन्तिम रुप दिन भारतलाई नेपालको आग्रह



 

काठमाडौँ । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच मंगलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञताज्ञापन गरे ।

प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिएका थिए । भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगमा सांसद दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद सजाय

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका

प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो, डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने निर्णयविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध

रास्वपा सभापति लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

अक्टोबरमा भित्रिए एक लाख २४ हजार विदेशी पर्यटक, अमेरिकी बढ्दै

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय