ओलीजस्तै कित्ता परिवर्तन गरेको भए रवि आज देशको प्रधानमन्त्री हुने थिए , कसले लिन्थ्यो उनलाई हिरासतमा ?



नारायण पौडेल ।
म रविको समर्थक होइन, संचारकर्म पृष्ठभूमि भएका कारण उनको रचनात्मक आलोचक हो । उनको प्रगतिमा खुसी भइन्छ तर गलत गरेमा काँध थापिन्न । फेरि अहिले उनको पक्ष–विपक्षमा यति मान्छे छन् कि हामीले गरेको समर्थन वा विरोधले तात्विक फरक पर्दैन । तरपनि ऐनमौकामा बोल्न छोड्नु हुँदैन । मौन वस्नु भनेको जे भइरहेछ, त्यसलाई समर्थन गर्नु हो ।

अहिले रविविरुद्ध चक्रब्युह तयार गर्न खोजिँदैछ । मूल आरोपबाट उन्मुक्ति (सूर्य थापाकै स्वीकारोक्ति) दिइएका रविलाई सहायक कारण प्रधान बनाएर सबक सिकाउने, सकेसम्म राजनीतिबाटै अलग गर्ने प्रयास जारी छ ।
कुन काम कसले कतिबेला गरिरहेको छ भन्ने कुराले अर्थ राख्छ । वर्तमान प्रधानमन्त्री र प्रहरी प्रमुखले ३ करोड नेपालीलाई साक्षी राखेर बक्तव्य दिनुभएको थियो –रवि सहकारी मामिलामा निर्दोष छन् । नयाँ तथ्य केही आएको छैन, तर रवि पक्राउमात्र परेका छैनन्, मुद्धा थपिइरहेका छन् । यसर्थ केपी र कुँवरहरुसँग रवि पक्राउ गर्ने नैतिक आधार छैन ।
रविले पक्राउ पर्नु केही दिन अघि राजनीतिकरुपमा ब्यानर न्युज हुने खुलाशा गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दावी उनले गर्दै आएका थिए । तर कसले प्रस्ताव गर्यो भन्ने सार्वजनिक कतैबाट भएको थिएन । रविलाई सोधिएको थियो – तपाईंले सहकारीको मुद्धा मिलाई दिन भन्दै देउवालाई भेटेको हो ? उनले अनायसै भनिदिए – देउवालाई मैले एकपटक भेटेको हो त्यो पनि देउवा आफैं भेट्न आउँदा । मलाई प्रधानमन्त्रीको अफर लिएर आउँदा ।

अचम्म त के भने त्यत्रो खुलाशा हुँदा क्रस कोइश्चन कसैले गरेन । ब्यानर न्युज बनाउनु पर्ने कुरा बानर सेनाको हातमै परेजस्तो सामसुमजस्तै पारियो । एकातिर संसदमा रविमाथि तारो हान्ने अर्को तर्फ प्रधानमन्त्रीको तोफा चढाउने ? त्यो पनि देशको पहिलो पार्टी र पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले ? देउवाले साँच्चै नै प्रस्ताव गरे वा रविले त्यतिकै भनिदिए– त्यो सोधिखोजी गर्ने दायित्व पनि संचारमाध्यमकै हैन र ? देउवा कित मौन बस्छन्, बोले भने मेरो विचारमा सत्य नै बोल्नेछन् । तर, देउवा सत्य बोल्देलान् भन्ने पीर संचारमाध्यमलाई भएको आभाष हुन्छ ।

मानिलिउँ– देउवाले तोफा चढाएकै थिए । प्रधानमन्त्री केपी ओली र तत्कालीन प्रधानमन्त्री प्रचण्डले काँग्रेसले गरेको प्रस्ताव रविले अस्वीकार गरेको संसदमै बताएका थिए । त्यही प्रधानमन्त्रीको प्रस्ताव आउने बित्तिकै ओलीले कित्ता परिवर्तन गरे । ओलीको भर नपरेको भए र प्रचण्डसँगको वाचा तोडेको भए रवि देशको प्रधानमन्त्री हुने थिए । यस मानेमा ओलीहरु भन्दा रवि इमानवाला राजनीतिज्ञ हुन् । राजाले प्रधानमन्त्री बन भन्दा नबन्ने गणेशमान र देउवाले प्रधानमन्त्री खाउ भन्दा खान्न भनेको सन्दर्भ नेपालको राजनीतिका उदाहरण हुन् ।

रवि सहकारी सवालमा चोखो वा दोषी न्यायीक निरुपण होला । तर खास कुरो ओलीजस्तै कित्ता परिवर्तन गरेको भए रवि आज देशको प्रधानमन्त्री हुने थिए । कसले लिन्थ्यो उनलाई हिरासतमा ? त्यागको त्यो नैतिक बल कमजोर नहोस् भन्ने कामना मात्र हो । रविलाई जति जति दौडाउँछन् उति नै उनको माहौल बढ्ने बेला छ । चितवन पछि पोखरा त्यसपछि रुपन्देही । देशका ३ शहर उनलाई तोफा दिइँदैछ । २१ सिट जतिबेला पनि काम लाग्न सक्छ भनेर ओली र देउवाले नबुझ्ने कुरा भएन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल

भक्तपुर  । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि

राजनीतिक सहमतिकासाथ संविधान संशोधन प्रक्रिया अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका

न्यायलयमाथि दबाब दिने रास्वपाको गतिविधिप्रति सत्ता साझेदार दलहरुको असहमति

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि