लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका २ र जनता समाजबादी पार्टीका एक गरी ३ जना मन्त्रीले शपथ लिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टीबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका हुन् । तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना मन्त्री थपिएसँगै मन्त्रिमण्डल ११ सदस्यीय भएको छ । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ५ जना मन्त्री पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा रास्वपाका सांसदले प्रदर्शन गर्न अरुलाई उक्साउनु गैरकानुनी कार्य होः एमाले

काठमाडौं । नेकपा एमालेले सडक आन्दोलनका क्रममा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दिएको

संकटको समयमा प्रतिपक्षी दलले कुण्ठा पोख्योः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल

विपद् व्यवस्थापन गर्न नेपाललाई विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र–डाउन)

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट