कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई