राजनीतिक प्रतिशोध साँधेर पार्टी सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा पोखरामा प्रदर्शन



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेताकार्यकर्ताहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार बिहानैदेखि पोखरामा भेला भई रास्वपाका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दलाल माफियाहरू होसियार’ लगायतका प्लेकार्ड र नारा लगाई विरोध गरेका थिए ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौंः उपसभापति अर्याल

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष

कुनै पनि कामका लागि अब नागरिकलाई लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा छौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई

तिहारका लागि मखमली फूलको माला उन्दै गुन्डुका महिला(फोटोफिचर)

तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ७ गुन्डुका महिला मखमली फूलको