पार्टी कार्यालय बनाउन करौडौ रूपैयाँ चन्दा दिनु र लिनु मीनबहादुर र सत्तासिन एमालेकै ‘महाभूल’ हो



सुरेश आचार्य
हालै निधन भएका भारतका रतन टाटाबाट सिक्नुपर्थ्यो– भाटभटेनीका ‘सरगना’ मीनबहादुर गुरूङले । जुनबेला देशका हजारौ जनता बाढीले आक्रान्त भएका छन्, त्यस्तो बेलामा उनीहरूलाई राहत नदिई एमालेको पार्टी अफिस बनाउन करौडौ रूपैयाँ चन्दा दिनु लिनु उनको र सत्तासिन एमालेकै ‘महाभूल’ हो । मीनबहादुरजी आफ्नो बचाउको लागि दान दिन विवश भए होलान्, तर सत्तासिन सरकारको नेतृत्व गर्ने दल एमाले कसरी चुक्न पुग्यो ? अहिले मीनबहादुरजी विरूद्ध २ वटा संगीन प्रकृतिका सरकारवादी मुद्दा चलिरहेको रहेछ ।

सरकारबादी मुद्दा चलिरहेका व्यक्तिसँग सरकारको नेतृत्व गर्ने दलले यति ‘भारी रकम’ चन्दा लिएपछि, अब मुद्दा चलाउने प्रहरी वा अख्तियारले मुद्दा फिर्ता लिए भइगयो नि ! मुद्दा फिर्ता नलिए पनि अदालतले अब एमाले सरकारमा रहुन्जेल मीनबहादुर विरूद्ध कुन ताकतले विपरित फैसला गर्ने ? डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल निर्माणका लागि गत वैशाख २८ मा ४१ करोड रूपैयाँ मीनबहादुरजीले चन्दा दिंदा सबैले उहाँलाई सच्चा दानबीर नै मानेका थिए । तर, कालो चस्मा भित्रको ‘राज’ ५ महिना नपुग्दै छर्लंग भयो ।

एमाले बाहेक अरू दललाई पनि चन्दाः
एमालेलाई चन्दा दिएको आलोचनाबाट बच्न ‘मैले अरू दलहरूलाई पनि चन्दा दिएको छु, म एमाले नै हुँ’ भनेर मीनबहादुरले अर्को गल्ती दोहोर्याउनु भएकोमा, म चाहिँ झनै स्तब्ध भएँ । अब उहाँले एमालेबाहेक कुन कुन दललाई कहिले के कति चन्दा दिनुभयो, त्यो जनसमक्ष सार्वजनिक गर्नुपर्छ । प्रत्येक राजनीतिक दललाई भ्रष्ट बनाउने काम मीनबहादुरबाट कसरी र किन भयो, नेपाली जनता जान्न चाहन्छन् ।

कमसेकम विश्वकै सबैभन्दा ठूला दानबीर रतन टाटा, जसले १०३ अर्ब अमेरिकी डलर मानवीय हितमा दान दिए पनि कुनै राजनीतिक दललाई कहिले कुनै दान दिएको देखिंदैन ! बील गेट्सले वा वारेन बफेटले पनि राजनीतिक दलहरूलाई दान दिएका छैनन् । मीनबहादुरजीले त्रिवि शिक्षण अस्पतालमा ७५ बेडको आँखा वार्ड बनाइदिँदा र बाल अस्पताललाई ४१ करोड रपैयाँ चन्दा दिँदा उनलाई गरिएको ‘वाहीवाही’, एमालेको हेडक्वार्टर बनाउन १ अर्ब रूपैयाँको जग्गा दिएर थप ८० करोड रूपैयाँको १४ तल्ले बिल्डिंग बनाइदिने कुरा चर्चामा आएसँगै मीनबहादुर गुरूङजीले कमाएको सम्पूर्ण “साख“ एकाएक गुम्न गएको छ ।

१४० करोड जनसंख्या भएको भारतमा रतन टाटा त्यसै महान बनिरहेका होइनन् । मृत्युपछि त झन्झन् महामानव बनेका छन् । उनलाई मरोपराणान्त भारत सरकारले ‘भारत रत्न’ मानपदवी दिनुपर्छ भन्ने अहिले भारतभर जनअभियान नै चलेको छ । जनताको मनमा त रतन टाटा, भारत रत्न बनि नै सकेका छन् । मीनबहादुरजीले अब कालो चस्मा खोल्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित

राष्ट्रियसभा अध्यक्ष र स्विस नेशनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको नेशनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच

बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माणको सुरु हुन्छः प्रधानमन्त्री ओली

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको

काठमाडौंको गोकर्णेश्वरमा सुर्खेतका होमबहादुर फौजामगरको हत्या अभियोगमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा एकजनाको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको