स्वर्णिम वाग्लेका पक्षमा



नारायण गाउँले ।
डा. स्वर्णिम वाग्लेको अध्ययन, अनुभव र विज्ञता अर्थशास्त्रीय हो । जुन राष्ट्रिय घेरा नाघेर अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तारित छ । केही पत्रपत्रिका या अमुक साइबर टिमले भाइरल बनाएर फुलेको कथित विज्ञता होइन उनको । उनले देशविदेशका विभिन्न फोरममा बोलेका या प्रस्तुत गरेका मन्तव्यदेखि स्तरीय र तथ्यपूर्ण विवेचनाका भिडियोहरू जताततै हेर्न पाइन्छ । राजनैतिक सीमाबाट माथि उठेर सोच्ने हो भने स्वर्णिम वाग्ले, विश्व पौडेल, गोविन्द पोखरेल जस्ता अर्थशास्त्रीहरू कुनै पनि देशका लागि ठूला एस्सेटहरू हुन् । केही सक्षम अर्थशास्त्री हुँदैमा त देशको अर्थतन्त्र बदलिन्न तर तीबिना अर्थतन्त्रले उचित बाटो समाउन मुश्किल हुन्छ ।

हरेक व्यक्तिको ‘कोर’ क्षेत्र हुन्छ जसमा उसको विज्ञता र क्षमतालाई मापन गरिन्छ । त्यसबाहिरको समेत ज्ञान र सूचना छ भने त्यसलाई प्रसंशा गरिन्छ । वाग्लेको मूल्याङ्कन उनको कोर क्षेत्रले गर्ने हो । उनीबाट देशले उपयोग गर्नुपर्ने विज्ञता पनि त्यही हो । मान्छे जति विज्ञ भए पनि उसका सीमा त हुन्छन् है । गल्ती नै नगर्ने मान्छे संसारमा छैनन् । तैपनि अर्थशास्त्रसम्बन्धी विषयमा उनको बुझाइलाई सीमित या गलत साबित गर्ने गरी उदाहरण भेटिएको छैन ।

उनको राष्ट्रगानबारेको गलत ज्ञानलाई लिएर अहिले उनलाई ट्रोल गरिएको रहेछ । अर्थशास्त्री मात्रै नभएर एउटा सांसदका रूपमा राज्यको प्रतिनिधि भएकाले राष्ट्रज्ञानबारे उनको अज्ञानताबारे टिप्पणी हुनु स्वाभाविक हो । यो पक्कै ‘सामान्य त्रुटी’ होइन । हाम्रालागि सामान्यज्ञानको महत्त्व कति हुन्छ भने हाम्रो लोकसेवाले कर्मचारीको छनोटका लागि मुख्य विषयभन्दा सामान्य ज्ञानलाई बढी जोड दिएको हुन्छ । यसअघि नगरेको भए उनले त्यो भिडियो एडिट गरेर राष्ट्रगानजस्तो गम्भीर विषयमा आफ्नो अल्पज्ञानप्रति आमदर्शक र जनतासँग माफी माग्नु जायज हुनेछ । जनता र प्रश्नप्रति जवाफदेहिता नेतामा हुने मुख्य गुण हो । नम्रता भएको विद्वता दीर्घकालीन हुन्छ ।

तर, यसैको आधारमा उनको विश्वस्तरीय विज्ञता, ज्ञान र अनुभवलाई होचो देखाउन खोज्नु हाम्रो अल्पसोच हुन सक्छ । कोर विषयभन्दा बाहिर विश्वका धेरै नेता र प्राध्यापकहरूले यस्ता त्रुटी गर्ने गरेको देखिन्छ, सुनिन्छ । अमेरिकी राष्ट्रपतिले समेत सार्वजनिक मन्तव्यमैं देशको नामसमेत गलत उच्चारण गरेका उदाहरण छन् ।

उनको राजनैतिक गतिविधि, राजनैतिक मन्तव्य र अन्य विषयमा सहमति या मतभेद हुन सक्छन् तर एक दुई वटा सामान्यज्ञानको कमजोरीलाई टेकेर उनको क्षमता, विज्ञता र सम्भावनालाई खिसिट्यूरी या व्यङ्ग्य गर्ने काम आफैंमा ठूलो बुद्धिमानी होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

शङ्कर श्रेष्ठ, मलेखु ।  सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् ।

चौकीडाँडामा रोशी खोलाको बाढीले बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल