एक हप्ताभित्र डाइभर्सनसहित बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छः गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक साताभित्र अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चलाउने व्यवस्था हुने बताएका छन् ।

मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताएका हुन् ।

उनले भने,‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो । सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौकीडाँडामा रोशी खोलाको बाढीले बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने, सर्वसाधारणलाई साढे तीन बजेपछि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

रिता धिताल पाकिस्तानको राजदूत नियुक्त

काठमाडौं । पाकिस्तानका लागि नेपालको राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको