इमान्दार र योग्य व्यक्तिले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित हुन्छः शेखर कोइराला



काठमाडौंँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

उनले भने,‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दशैँ तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुःखमा पनि पुग्नुस् ।’

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए ।

उनले भने, ‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलाइन्सको सदस्यता

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको नयाँ सदस्यता पाएको

गृहमन्त्रीद्वारा काभ्रेका बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल ।  गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न.

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

दसैंँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन्

-डा शोभाकर पराजुली बसन्त–शरदावेव सर्वनास करावुभौ । तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः