प्राविधिक विनाको ‘डोजर ड्राइभर’ले चलाएको देश



डा. युवराज संग्रौला
यो देशको ‘विज्ञता विनाको नेतृत्व र इन्जिनियर/प्राविधिक विनाको डोजर ड्राइभरले’ चलाएको रहेछ । २०७२ सालको भूकम्प  आउँदा र यो पटकको वर्षामा पनि शहरबाट टाढा हुँदा थाहा भयो।

१. देशको अर्थतन्त्र, र लोकतन्त्र जस्तै “सडकसंजाल“ पनि सकियो । हिजो भकुन्डेबाट हिँडेर आउँदा तीनवटा एस्काभेटरले बाटो सफा गर्दै थिए । बाटो सबै भत्केको छ आपराधिक माफियाहरु सडक माथी र तल प्लटिङ्गका ठाउँमा सबैभन्दा डरलाग्दो पहिरो लडेको छ ।

२. उद्धारको ‘रकारको केही तयारी छैन । हेल्थ पोष्ट बन्द, स्थानीय निकाय बन्द, प्रहरीलाई मानिस तीनघन्टा हिँडेर जानकारी दिनुपर्ने । बाटो सफागर्ने ठाउँमा इन्जिनियर कोही छैन । सरकारका मान्छे हेलिकप्टर लिएर हिंडेकन छन् । शव बाटामा छ्न, घाइते बाटामा छन् ।

३. कति क्षति भयो गृहमन्त्री मन्त्रीज्यू ? तपाईंलाई थाहा छैन। अनि कसरी भन्दै हुनुहुन्छ, सरकारका तयारीले कम क्षती भयो ।

४. तीन दिन बस्तीमा निरीह जनताका साथमा उद्धारमा लाग्दा जीवनमा सबैभन्दा मानविकी काम गरेको लाग्यो ।
आजसम्म विकासका नाममा हामीमाथि ऋृण थोपरिएको रहेछ । भूगर्भको ख्यालै नगरी बाटा र पुल खनिएको रहेछ । गरीब त उहीठाउँमा अभिशप्त जीवन बाँचिरहेको रहेछ । उसको जमिन प्लटिङ्ग गरेर माफियाको र जनताको कर खाएर नेताको मात्र विकास भएको रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो