हवाई भाडा नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन



 

काठमाडौँ  ।  राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ”, निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’

देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सीधाकुरा डटकमका सम्पादक र प्रकाशकलाई तीन महिना कैदको फैसला, अदालतको अवहेलना गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

झ्याप्ले खोला दुर्घटनाः आँसु रोक्न सकिरहेका छैनन् आफन्त

काठमाडौँ । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो

सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाएर राजमार्गहरु संचालनका लागि काम सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

  मलेखु । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोबाट आइतबार मात्रै २१ जनाको शव