सरकारले रवि लामिछानेलाई पक्राउ गरे रास्वपाले कस्तो प्रतिकार गर्दैछ ?



गणेश कार्की ।
सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । जे छ, त्यसमा नै छ । मुख्यतः रवि लामिछानेका लागि प्रतिवेदनमा लेखिएको छ, सहकारीबाट रवि लामिछानेले पैसा लिएको छैन । गोरखा मिडियामा पैसा आइसकेपछि त्यसको प्रबन्ध निर्देशककारूपमा परिचालन गरेको छ ।

आजको लाइभमा भनिएको कुरा हो, ‘छानबिन समितिले दुईवटा कुरा भनेको छ । पहिलो, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । यसमा कांग्रेस एमालेले अर्कै व्याख्या नगरोस् । दोस्रो, सहकारीबाट गोर्खा मिडियामा पैसा आएपछि त्यो पैसा सञ्चालन गर्न रवि लामिछाने कर्मचारीकारूपमा सहभागी भएको छ । यसलाई मैले अर्कै व्याख्या गर्न मिल्दैन । कानून बमोजिम कारबाही भोग्न र कानूनी प्रक्रियामा जान म तयार छु ।’

यसैले रास्वपाले कानून र विधि नमान्न प्रतिकार गर्ने कुरा गर्यो भन्ने कुरा झुटो हो । सरकारबाट विधिसम्मत काम नभएमा, अस्ति प्रमाण छ भन्दै कराउनेहरूको राजनीति जोगाइदिने नाउँमा एकपल्ट भएपनि हतकडी लगाइदिन अगाडि बढे चैं प्रतिकार गर्ने भनिएको हो । यद्यपि, त्यो प्रतिकार पुराना दलले सडक आन्दोलन गर्दा रेलिङ भाँचे जस्तो, सडक खने जस्तो, छेउका घरका सिसामा ताकी ताकी ढुंगा हाने जस्तो हुने छैन । रास्वपा नागरिकसम्म र न्यायलयसम्म पुग्नेछ ।
विधि र लोकतन्त्रप्रति चिन्तित रहेर प्रश्न, आलोचना गर्ने सबैप्रति आभारी छौँ । त्यो चिन्तनले गरिने प्रश्न र आलोचनाहरू सहकारी ठगीमै सम्बन्धित कांग्रेस उपसभापति धनराज गुरूङ, एमाले नेता एवं संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल तथा आफ्नो राजनीतिक अहम् जोगाउन एकपल्ट भएपनि हतकडी लगाउन कानुन दुरुपयोग गर्न खोज्ने लगायतका लागि पनि उत्तिकै धारिलो रहोस् भन्ने कामना गर्दछौँ ।

जानकारीका लागि,
– सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ (प्रतिवेदनको ४४९ औँ पेजको तेस्रो अनुच्छेदको आठौँ हरफ) ।

– गोरखा मिडिया नेटवर्क प्रा. लि. को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने (प्रतिवेदनको ४५८ औँ पेजको दोस्रो अनुच्छेदको सातौँ हरफ) ।

कार्की रास्वपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को