सुनुवाइ समितिबाट श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत



काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । समितिको मंगलबारको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयंले नाम फिर्ता लिन निवेदन दिएकाले उनको नाम सर्वसम्मतिबाट अस्वीकृत गरेको हो ।

यसअघि आजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढाउन समितिमा निवेदन दिएका थिए । प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नु अघि समितिले उनीसँग स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको थियो ।

प्रस्तावित राजदूतको निवेदनलाई समेत आधार मानेर समितिले नाम अस्वीकृत गरेको समिति सदस्य श्याम घिमिरेले जानकारी दिए । ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार आवश्यक कागजात उपलब्ध गराउन असमर्थ भएका हुँदा मैले आफ्नो उम्मेदारी फिर्ता लिएको छु भन्ने उहाँको निवेदनलाई आधार बनाएर नै अस्वीकृत गरिएको हो’, उनले भने ।

समितिले राजदूतलगायत राजनीतिक नियुक्तिका पदमा सिफारिस गर्दा समावेशी सिद्धान्तलाई आत्मसात् गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले त्यस्ता व्यक्तिको योग्यता तथा आचरणका सम्बन्धमा सिफरिसअघि नै ख्याल गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी र बैंकिङ कसुरमा पीडितलाई पैसा फिर्ता गरेको प्रमाण पेश गरे मुद्दा नचल्ने

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहितामा पाँच बुँदे निर्देशन जारी

असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

जनमत पार्टीले गुटबन्दी गरेको भन्दै चार केन्द्रीय सदस्यसहित आठ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको छ ।

सरकारले जग्गा उपलब्ध गराए अस्पताललाई तीन सय शय्याको बनाउने भक्तपुर क्यान्सर अस्पतालको तयारी

शरद शर्मा, काठमाडौं ।  सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य