लेबननमा इजरायली हमलामा ४९२ जनाको मृत्यु



बीबीसी । लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले गरेका भीषण हवाई हमलामा परी कम्तीमा ४९२ जना मारिएका त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ । हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरायलले जनाएको छ ।

त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटनका भग्नावशेष लागेर दुई जना मानिसहरू घाइते भएका छन् । दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिईरहँदा विश्व शक्तिहरूले उनीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। अन्य १,६४५ जना घाइते अवस्थामा छन् । उसले हताहत हुने सर्वसाधारण र लडाकुहरू छुट्याइएको विवरण दिएको छैन ।

लेबननका स्वास्थ्यमन्त्री फिरास अबियादले हमलाका कारण हजारौँ परिवार विस्थापित भएको बताएका छन् । सीमापार लडाइँबाट भाग्न खोजेका सर्वसाधारणको भिडले सोमवार उत्तरी क्षेत्र जोड्ने सडकमा गाडीहरूको ठूलो जाम देखापरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले चर्कँदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनन ‘अर्को गाजा बनेको’ देख्न नचाहेको बताएका छन् । यसैसाता राष्ट्रसङ्घीय महासभामा लेबननको सङ्कट अन्त्य गर्ने गरी ठोस योजना प्रस्तुत गरिने बाइडन प्रशासनले जनाएको छ ।

पेन्टागनले ‘सावधानी स्वरूप’ मध्यपूर्वमा ‘सानो सङ्ख्यामा’ अतिरिक्त फौज पठाउने घोषणा गरेको छ । गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरायल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसमा मारिने सयौँ मानिसहरूमध्ये अधिकांश हिज्बुल्लाह लडाकु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डसँग मनका कुरा !

रविन्द्र मिश्र । सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट

त्रिविमा २०५८ सालपछिका परीक्षार्थीले एकपटक मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा

फ्रान्सेली सामूहिक बलात्कार मुद्दा नयाँ प्रतिवादीहरूतर्फ अघि बढ्यो

  पेरिस । फ्रान्सको एक अदालतले ६ नयाँ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ सुरु गरेको

डब्लुटिओले अमेरिकी विद्युतीय सवारी अनुदानमा चीनको उजुरी हेर्ने

  बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले