रविको प्रश्नः कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । आइतबार राति पार्टी कार्यालयमा भेला भएका पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू मान्छे बेचेर राजनीतिमा नआएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले आफू कानुनी, नैतिक र राजनीतिक रुपमा स्वच्छ रहेको दाबी गरे । उनले भने, ‘सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो । संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन लुकेको पनि छैन।’

उनले कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै प्रश्न गरे । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए । उनले दुई तिहाईको सरकारको ध्यान बचत फिर्ता गर्नु भन्दा पनि रवि लामिछानेलाई जेल पठाउनेमा रहेको बताए ।

उनले भने, ‘यो सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ ।’

उनले यो सरकारले आफूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्दै कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । उनले भने, ‘यो सरकारको मलाई भरोसा छैन । तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छविलाललाई पोखरा लगियो, सोमबार अदालत पेस गरिने

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका

छबि पक्राउपछि रवि पनि निगरानीमा, कार्यालयका कार्यकर्ताको भेला

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ पर्ने खबर फैलिएपछि राष्ट्रिय

बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थाल्नु

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन