प्रहरीलाई गृहमन्त्रीको निर्देशनः सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थाल्नु



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रीले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो ।

प्रतिनिधिसभाको भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो । समितिका सभापति सूर्य थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौँ । सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशी पक्राउ

भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको

राप्रपाले आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण संचालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन